एजेन्सी–जर्मनीको राजधानी बर्लिनमा आइतबार अपरान्ह एक पुलिस अधिकारीले चर्चमा चक्कुसहित उपस्थित एक व्यक्तिको खुट्टामा गोली हानेको छ । प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति ‘भ्रमित’ देखिएका थिए र हंगामा मच्चाइरहेका थिए ।


ADVERTISEMENT


बीबीसीका अनुसार गोली हानिएका व्यक्ति ५३ वर्षीय अष्ट्रेलियाका नागरिक हुन् । उक्त घटनामा एक पुलिस अधिकारीमासमेत घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।


ADVERTISEMENT

# # #


पुलिसले उक्त घटना कुनै चरमपन्थी गतिविधी नभएको बताएको छ ।

घटना स्थानीय समयानुसार बेलुका चार बजेको हो । घटनाका बेला चर्चमा लगभग सयजना जतिको उपस्थिती थियो ।