काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रदेश ३ को आज बस्न लागेको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।


ADVERTISEMENT


प्रदेश ३ को संसद सचिवालयले आज बस्न लागेको प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै विकास तथा सम्भावनाबारे धारणा राख्ने अनुमान गरिएको छ ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तर विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले वैशाख १६ मा प्रदेश ५ को सभालाई सम्बोधन गरेका थिए । उनले अन्य प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने योजना बनाएका छन् ।