काठमाडौँ– नेपालले वान बेल्ट वान रोड(ओबिओआर)मा सहभागिता जनाउने समझदारीपत्रमा शुक्रबार हस्ताक्षर गरेको छ ।


ADVERTISEMENT


समझदारीपत्रमा परराष्ट्रमन्त्री प्रकाशशरण महतको सहभागितामा आयोजित कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया राजदूत यु होङले ओबिबओआर परियोजनामा हस्ताक्षर गरेका हुन्मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा चीनसँग ओबिओआरमा सहभागी हुनेसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरिएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै महतले यो सम्झौताले नेपाल र चीनबिच कनेन्टीभिटीको महत्वपूर्ण माध्यम बन्ने आशा व्यक्त गरे । उनले यो सम्झौता नेपालका लागि महत्वपूर्ण भएको बताए ।

समझदारीपछि चीनसँग कनेक्टिभिटी, लगानी, क्षमता अभिवृद्धि, मुद्रा उपयोग, व्यापार तथा पारबहनलगायतका विषयमा सहकार्यको बाटो खुल्ने नेपालले अपेक्षा गरेको छ । अल्पविकसित राष्ट्रका रुपमा रहेको नेपालको विकासमा देखिएको चुनौती सामना गर्नका लागि यो सम्झौता लाभदायक हुने सचिव शंकर दास बैरागीले बताए ।

नेपालले चीनसँग ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक प्रारम्भिक समझदारीपत्रमा सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।वैशाख ३१ र जेठ १ गते बेइजिङमा ओबिओआर फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलन हुँदैछ।

ओबिओआर मञ्चको बेइजिङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्रीसहितको प्रतिनिधिमण्डल शुक्रबारै चीन जाँदै छ । प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहभागी हुनेछन् । सम्मेलन आइतबार र सोमबार सञ्चालन हुने तय भएको छ ।

सम्मेलनमा सहभागी हुन आउने अर्थमन्त्री कृष्णबहादुर महराले ६५ देशसम्म पुग्ने ओबिओआर परियोजनामा हस्ताक्षर गर्ने कार्यक्रम छ। भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की पनि बेइजिङ जाँदैछन्।