हेटौंडा – प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्‍याएका छन् ।


ADVERTISEMENT


एक वर्ष अगाडि आफूले भोकै कोही मर्न नपर्ने बताएका स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले अघिल्ला वर्ष अब नेपालमा कोही भोकै मर्दैन भनेको थिएँ । अब म दावाका साथ भन्छु, कोही नेपाली भोकै मर्दैन, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ । तर, चुनौती पनि छ ।’


ADVERTISEMENT

# # #


प्रदेश ३ को संसदलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको केही वर्षभित्र पनि कसैले भिख माग्नुपर्ने अवस्था आयो भने सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने भन्दै त्यसो नहुने बताए ।

तराईंमा जाडो महिनामा पहिलको जस्तो मान्छे मर्न नपरोस् भन्नेतर्फ सरकार गम्भीर भएको भन्दै प्रधानमन्त्री ओलीले जनताप्रति उत्तरदायी हुने बताए ।