रोल्पा(रासस)–‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।


ADVERTISEMENT


प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण सङ्गम (म त मूर्ख रहेछु) द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी ‘फकिर’ (देश हराएको सूचना) तृतीय तथा सोलुखुम्बुका गणेशप्रसाद खतिवडा (समृद्धिको सपना) र काठमाडौँका अमित प्रिन्स (बेपत्ता चप्पल) ले सान्त्वना स्थान हासिल गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा वियोगी बुढाथोकी, उत्तमकृष्ण मजगैयाँ र केशव सुवेदी निर्णायक रहेका थिए । प्रतियोगीलाई क्रमशः प्रथमलाई रु ३५ हजार, द्धितीय रु २५ हजार, तृतीय रु २० हजार र सान्त्वनालाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रमका संयोजक डिबी टुहुरोले जानकारी दिएका छन् ।

जिल्लामा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाको संयोजन तथा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको तीनदिने सो सम्मेलन आज रोल्पाको सातदोबाटोमा सम्पन्न हुने आयोजकले जनाएका छन् ।