काठमाडौं–म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलामाथि च्याम्पियन्स लिगका दुई खेलमा प्रतिबन्ध लगाइएको छ । रेफ्रीको निर्णयमा प्रश्न उठाएपछि उनलाई प्रतिबन्ध लगाइएको हो ।


ADVERTISEMENT


गएको अप्रिल १० मा भएको च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा रेफ्रीको एक निर्णयमा गार्डिवलाले आपत्ति जनाएका थिए । आफ्नो बेइज्जत गरेको भन्दै रेफ्री मातेउ लाहोजले गार्डिवलालाई रातो कार्ड देखाएका थिए ।


ADVERTISEMENT

# # #


सोही कारण युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफएले गार्डिवलामाथि प्रतिबन्ध लगाएको हो । गार्डिवलाले अब आउँदो सिजनको सुरुको एक खेल र अर्को वर्ष अर्को एक खेल गुमाउने छन् ।

गार्डिवलाले भने आफूले रेफ्रीको बेइज्जत नगरेको प्रस्ट पार्दै आएका छन् । यसअघि क्याटलोनिया स्वतन्त्रताको पक्षका नेताहरुलाई बन्धक बनाइएको विरोधमा छातिमा पहेंलो रिबन लगाएर मैदान उत्रिएपछि पनि गार्डिवला विवादमा तानिएका थिए ।

राजनीतिक सन्देश दिने रिबन लगाएर फुटबलको नियम उल्लंघन गरेको भन्दै फुटबल एसोसिएशन (एफए)ले गार्डिवलासँग स्पष्टिकरण सोधेको थियो ।