काठमाडौँ– झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ । पार्टीका शीर्ष नेताका साथै काठमाडौँ लगायत विभिन्न जिल्लाका मेयर तथा प्रमुखका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन्। बिहानैदेखि मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न आ–आफ्नो निर्वाचन केन्द्रमा पुगेका छन् । मताधिकार प्रयोग गर्नेमा चर्चित अनुहारहरु पनि देखिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । काठमाडौंका मेयर उम्मेदवार विद्या सुन्दर शाक्य, रन्जु दर्शना, किशोर थापा, राजु राज जोशी र एमाले नेता योगेश भट्टराईले आआफ्ना मतदान केन्द्रबाट भोट हालेका छन्।