भुवन बहादुर सिंह/बझाङ– छविसपाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भाँडेबगर बजार बाट ब्यासी तर्फ जाँदै गरेको जिपमा सवार छविसपाथिभेरा गाउँपालिका ४ डाँडाँगाउँका ४५ बर्षिया विरेन्द्र बहादुर सिहं र ३८ बर्षिया जला देवी सिहं रहेका छन् । उनिहरु पति पत्नि हुन ।


ADVERTISEMENT


८ जनायात्रु सवार से १ ज ८३७ नम्बरको उक्त जीप गाउँपालिका कार्यालय नजिकै नेटाखान भन्ने ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा परि छविसपाथीेभरा गााउपालिका अन्य ६ जना गम्भिर घाईते भएको घटनास्थलमा रहेका गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।


ADVERTISEMENT

# # #


घाईतेहरुको गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधी र स्थानियले उद्धार गरी उपचारका लागी जिल्ला अस्पताल सिमखेतमा ल्याउने काम भई रहेको छ । बुधबार विहान मात्र सुर्मा गाउँपालिकामा पनि जिप दुर्घटना हुदा ५ जना घाइते भएका थिए ।