काठमाडौं–सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको माया लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्र्तवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आफुले भुपु नेपाली भन्ने गरेको समेत प्रस्टाएका छन् ।


ADVERTISEMENT


ग्रिनकार्ड तथा पिआर लिने नेपालीहरुप्रति कडा रुपमा प्रस्तुत हुंदै आएका पण्डितलाई तपाई ग्रिनकार्ड लिने नेपालीको किन बिरोध गर्नुहुन्छ भन्ने प्रश्नमा आफु ग्रिनकार्ड लिने नेपालीको बिरोधी नभएको तर अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको कडा बिरोधी भएको जनाएका छन् ।


ADVERTISEMENT

# # #


ठुला देशमा पुगेका र त्यहिको नागरिकता वा स्थायी बसोबास पत्र लिएका कतिपय नेपालीहरुले नेपालमा बस्नेहरुले केहि पनि जान्दैनन् र नेपाल खत्तम छ जस्तो अभिब्यक्ती दिंदा आफुलाई धेरै चित्त दुख्ने गरेको मन्त्री पण्डितले बताएका छन् ।

मन्त्री पण्डितले आफुले बिदेशको नागरिकता लिनेहरुले पैतृक सम्पत्तिमा हक नलाग्ने कानुन बनाउने तयारी गरेको समेत घोषणा गरेका छन् ।

अरब लगायतका खाडि मुलुकमा रहेका नेपाली र देशप्रेमी नेपालीले आफुलाई धेरै माया गर्ने गरेको बताउंदै मन्त्री पण्डितले अमेरिका लगायतका देशबाट पनि आफूबाट प्रभावित भएर युवाहरु नेपाल फर्कन लागेको बताए । आगामी दश बर्षमा नेपालबाट युवाहरु बिदेशीनु नपर्ने वातावरण बनाउने आफ्नो योजना रहेको पण्डितले सुनाए । चालिस कटेपछि रमाउँला भन्ने गित सुनेर आफु धेरै पटक रोएको मन्त्री पण्डितले अनुभव सुनाए ।