काठमाडौं–संघीय समाजवादी फोरमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेको छ । नेकपासँग दुई बुँदे सहमति गर्दै फोरम सरकारमा गएसँगै दुई पार्टीबीच एकता हुन लागेको हल्ला चलेको थियो । तर फोरमले यसमा सत्यता नरहेको भन्दै खण्डन गरेको छ ।


ADVERTISEMENT


‘विगत केही दिनयता विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम, नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनी प्रचार गरिएको छ’, फोरम अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै सत्यता छैन ।’


ADVERTISEMENT

# # #


फोरमले तत्काल यस्तो सम्भावना नरहे पनि आउँदा दिनमा भने नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकीकरण गर्न सकिने बताएको छ । ‘फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलरपार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । तर, यसबीच एकताका लागि कसैसँग पनि प्रयास भएको छैन’, फोरमले एकताबारे प्रष्ट पार्दै भनेको छ ।

सुनियोजित ढंगले भ्रम सिर्जना गरिएको भन्दै फोरमले यसमा विश्वास नगर्न सबैमा आग्रह गरेको छ ।