काठमाडौँ– पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।


ADVERTISEMENT


आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिलेसम्म ४२ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी मनाङमा ४२ प्रतिशत मतदान भएको छ । कास्की र बाग्लुङमा ३५ प्रतिशत तथा स्याङ्जा र मुगान ३० प्रतिशत मतदान भएको छ ।


ADVERTISEMENT

# # #


रुकुममा २५ प्रतिशत मतदान भएको छ । अन्य जिल्लमा सरदर २५ प्रतिशत मतदान भएको छ ।