कञ्चनपुर(रासस)–भीमदत्त नगरपालिकाले एक घर चार तरकारीका बिरुवा वितरण कार्यक्रम शुरु गरेको छ ।


ADVERTISEMENT


नगरवासीलाई तरकारीखेतीतर्फ उन्मुख गराउनका लागि कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको कृषि विकास शाखाले तरकारीका बेर्नाको नर्सरी बनाई नगरवासीलाई निःशुल्करुपमा वितरण गर्न थालेको छ ।


ADVERTISEMENT

# # #


कृषि विकास शाखाका प्रमुख नवराज जोशीले नर्सरीमा काँक्रा, फर्सी, लौका र तिते करेलाका ६० हजार बिरुवा उत्पादन गरिएको बताएका छन् । त्यसमध्ये नर्सरीमा काँक्रा र फर्सीका ३० हजार बिरुवा तयार गरिएका छन् ।

नगरपालिकाका सबै वडाका किसानलाई व्यक्तिगत र समूहगत रुपमा नर्सरीमा उत्पादित बिरुवा दिन लागिएको छ । व्यक्तिगत रुपमा कम्तीमा चार र समूहलाई मागअनुसार बिरुवा वितरण गरिन लागेको जनाइएको छ ।