काठमाडौं–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीनसँग पहल गर्ने बताएका छन् । राष्ट्रिय व्यापार संघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री ज्ञावलीलले भूकम्पका कारण बन्द भएको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउने गरी चीन सरकारसँग पहल गर्ने प्रतिवद्वता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


मन्त्री ज्ञवालीले चीनसँगको व्यापार व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउने विषयमा सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका समयमा यस विषयलाई पनि प्रमुखताका साथ उठाउने बताए ।


ADVERTISEMENT

# # #


चीन नेपालको मुख्य व्यापारिक छिमेकी राष्ट्र बन्न सक्ने भन्दै मन्त्री ज्ञवालीले नेपालका व्यवसायीहरुलाई सहज रुपमा चीन प्रवेशको व्यवस्था मिलाउन पहल गर्ने बताए ।

भेटमा मन्त्री ज्ञवालीले अहिले रसुवा जिल्लाका बासिन्दाहरुका लागि मात्र प्रवेश पास दिँदै आएको चीनसँग अब देशैभरका व्यवासायीहरुलाई एक दिने पासका लागि व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार व्यवसाय रसुवाको केरुङ्गबाट गर्दै आएका व्यवसायीहरुलाई चीन प्रवेश पास दिइएको छैन ।

चीन प्रवेशका लागि चालक र पैदलयात्री रसुवाकै बासिन्दा हुनुपर्ने व्यवस्थाको अन्त्य गर्दै सबै चालक र व्यवसायीहरुलाई चीन नाका केरुङ्ग प्रवेशको व्यवस्था मिलाउने मन्त्री ज्ञवालीले बताए ।

केरुङ्ग नाकाको बाटो साँघुरो रहेको भन्दै मन्त्री ज्ञवालीले बाटोको स्तरउन्नति गरी सहजरुपमा सवारी साधान सञ्चालनको व्यवस्था मिलाउने बताए ।