पाल्पा–प्रदेश नम्बर ५ को सरकारले पाल्पाका तीन गाउँपालिकासहित प्रदेशका ३५ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


प्रदेशका सबैभन्दा कमजोर गाउँपालिकामा सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । तीमध्ये पाल्पाका माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकामा मानव विकास सूचकांकमा सुधार गरी मूल प्रवाहमा ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले जानकारी दिएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, सरकारले पाल्पासहितका ३५ गाउँपालिकालाई तीन वर्गमा छुट्याएको छ । अति कमजोर, कमजोर र मध्यम कमजोरअनुसार बजेट छुट्याउने तयारी गरेको छ । नवलपरासीका सुस्ता, प्रतापपुर र पाल्ही नन्दन, रूपन्देहीका मर्चवारी, सम्मरीमाई र कोटहीमाई कमजोर गाउँपालिकाको सुचीमा छन् ।

गुल्मीको कालीगण्डकी, मालिका र मदाने, अर्घाखाँचीका पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकालाई सरकारले छानेको छ ।

कपिलवस्तुको विजयनगर, शुद्धोधन र महाराजगञ्ज, दाङको बंगलाचुली, राजपुर र बबई, प्यूठानको गौमुखी, नौबाहिनी र ऐरावती, रोल्पाका सुनछहरी, थवाङ र परिवर्तन, रुकुम पूर्वका पुथाउत्तरगंगा, भूमे र सिस्ने, बाँकेको नरैनापुर, डुडुवा र जानकी तथा बर्दियाको बढैयाताल र गेरुवा गाउँपालिकामा पनि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू हुने बताइएको छ । रासस