काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।


ADVERTISEMENT


प्रदेश नम्बर एकको आग्रहमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले प्रदेश एकको विकास र समृद्धिका लागि आफ्नो धारण राख्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


यसअघि प्रधानमन्त्री ओलीले प्रदेश नम्बर ३ र प्रदेश नम्बर पाँच मा सम्बोधन गरिसकेका छन् । प्रदेश नम्बर १ को सरकार नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छ ।

यसअघि पूर्वबजेट छलफलका लागि प्रदेशसभाको बैठक तीन दिन बसेको थियो । प्रदेशसभाको बैठक आज पनि बस्दैछ ।