काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा विभागीय टिम नेपाल आर्मी क्लबले प्रदेश ५ लाई २९० रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८९ रन बनाएको हो । आर्मीका सागर पुनले लामो समयपछि उत्कृष्ट प्रदर्शन ११८ रन बनाए । शतक बनाउने क्रममा उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै, आर्मीका लागि भिम शार्कीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै १५ बलमा ३७ रन बनाए ।

बलिङतर्फ कृष्ण कार्कीले ३ र विक्रम भूषालले २ विकेट लिए ।

दोस्रो सेमिफाइनल भने शनिबार हुँदैछ । दोस्रो सेमिफाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ । प्रधानमन्त्री कपको फाइनल खेल भने आइतबार टियु क्रिकेट मैदानमा हुँदैछ ।

प्रधानमन्त्री कपको विजेताले २० लाख प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले १० लाख रुपैयाँ हात पार्ने छ । म्यान अफ दी सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउनेछन् । एक जना उदयीमान खेलाडीले १५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले १०–१० हजार पुरस्कार पाउने छन् ।