काठमाडौँ– राजधानीमा जारी प्रधानमन्त्री एकदिवसीय कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब प्रदेश ५ लाई हराउँदै फाइनल प्रवेश गरेको छ । प्रदेश ५ लाई १५४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनल पुगेको हो ।


ADVERTISEMENT


शुक्रवार किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८९ रन बनायो । २९० रनको चुनौति पच्छ्याएर मैदान उत्रिएको प्रदेश नं ५ ले खेलको ३५.५ ओभरमा १३५ रन बनाएर सबै विकेट गुमायो ।


ADVERTISEMENT

# # #


यस अघि आर्मीका सागर पुनले लामो समयपछि उत्कृष्ट प्रदर्शन गरे । उनले ११८ रन बनाएर शतकीय पारी खेले । शतक बनाउने क्रममा उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, आर्मीका लागि भिम शार्कीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै १५ बलमा ३७ रन बनाए । बलिङतर्फ कृष्ण कार्कीले ३ र विक्रम भूषालले २ विकेट लिए ।

यता प्रदेश ५ का लागि कृष्ण कार्कीले ३१ तथा शंकर रानाले २३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।

प्रदेश नम्बर ५ को ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा त्रिभुवन आर्मी क्लबका बिक्रम सोब तथा सुशन भारीले समान ३/३ विकेट चट्काए। ३ विकेट लिन विक्रमले ६.५ ओभरमा २८ तथा सुशनले ५ ओभरमा मात्र १३ रन खर्चेका थिए।

यस्तै सागर पुनले २ विकेट लिँदा सोमपाल कामी र साहव आलमले समान १/१ विकेट लिए ।

अब आर्मीले उपाधीका लागि भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासंग आइतबार भिड्नेछ ।