काठमाडौँ — नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भम्रण वर्षको आधिकारिक अभियान लोगो सार्वजनिक गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठन गरिएको मूल समितिले शुक्रबार ५ उत्कृष्ट लोगोमध्येबाट काठमाडौं बौद्धका ग्राफिक डिजाइनर उद्धव रिमालले बनाएको लोगोलाई छानेको हो ।


ADVERTISEMENT


दुई वर्षपछि सरकारले गर्न लागेको भम्रण वर्षका लागि नेपाल पर्यटन बोर्डले फेसबुकमार्फत आव्हान गरेको थियो । ‘अघिल्लो महिना १० दिनको म्याद राखेर बोर्डको फेसबुक पेजमार्फत लोगोका लागि सूचना आह्वान गरेका थियौं,’ बोर्डकी ब्रान्ड म्यानेजर श्रद्धा श्रेष्ठले भनिन्, ‘हामीलाई फेसबुकमार्फत १ सय ४५ वटा लोगो प्राप्त भएका थिए ।


ADVERTISEMENT

# # #


तीमध्येबाट उद्धव रिमालले पठाएको लोगो उत्कृष्ट घोषणा गरिएको छ ।’ बोर्डले नेपाल चिनाउने तथा यहाँको प्रकृति, कला, संस्कृति झल्किने शैलीको लोगो आव्हान गरेको थियो ।

उनका अनुसार, उत्कृष्ट लोगोका लागि १ लाख रुपैयाँ पुरस्कार तोकिएको छ । सरकारले सन् २०२० मा भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत सन् २०२० मा भिजिट नेपाल २०२० अभियान सञ्चालन गरी नेपाल घुम्न आउने पर्यटकको संख्या २० लाख पुर्‍याउने भनेका थिए ।

सन् २०१७ मा नेपाल घुम्न आउने पर्यटकको संख्या ९ लाख ४० हजार २ सय १८ थियो । यसमा स्थलमार्गबाट आउने भारतीय पर्यटकको संख्या गणना गरिएको छैन । तर, हवाई मार्गबाट आउने भारतीय पर्यटकको संख्या भने समेटिएको छ । भारत, चीन, अमेरिका, बेलायत र श्रीलंकाबाट नेपाल घुम्न आउनेको संख्या धेरै थियो ।

विश्व पर्यटन संगठनका अनुसार, गत वर्ष ९२०१७० मा विश्वभर १ अर्ब ३२ करोड पर्यटकको मुभमेन्ट भएको थियो । योमध्ये युरोप घुम्नेमात्रै ६७ करोड थिए । नेपालमा ६७ वर्षअघिदेखि पर्यटक घुम्न आउन थालेका हुन् ।