काठमाडौं–गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ठूलो मात्रामा अतिरिक्त प्रहरी महानिरीक्षक (एआएजी) को संख्या कटौती गर्ने भएको छ ।


ADVERTISEMENT


एआईजीको संख्या घटाएर नेपाल प्रहरीमा १६ बाट ५ र सशस्त्रमा ९ बाट २ जना कायम गरिने भएको छ ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार गृह मन्त्रालयले दुवै संगठनको नियमावली संशोधन गरी नेपाल प्रहरीमा प्राविधिकसहित पाँच र सशस्त्र प्रहरीमा दुई एआईजी राख्ने प्रस्ताव मन्त्रिपरिषद् पठाउने गृहकार्य गरेको छ।

यसअघि आवश्यकताभन्दा पनि राजनीतिक र व्यक्तिगत स्वार्थमा परी सरकारले हचुवाका भरमा एआईजीको संख्या बढाउँदै लगेको थियो।

गृहमन्त्री जनार्दन शर्माका पालामा २०७४ असार २६ गते बसेको मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी सातबाट बढाएर ११ पुर्‍याएको थियो ।