काठमाडौं–प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थामा सुधार भएपछि घाम ताप्न अस्पताल परिसरमा ल्याइएको छ ।


ADVERTISEMENT


काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत देवकोटाको स्वास्थ्य अवस्था गएराति गम्भीर भएको थियो । तर, आज बिहानस्वास्थ्य अवस्थामा सुधार आएपछि डाक्टरको टीमले उनलाई घाम ताप्न अस्पताल परिसर बाहिर ल्याएको छ । स्वास्थ्य अवस्था गम्भीर भएका कारण अस्पतालले देवकोटासँग भेटघाट रोकेपछि सामाजिक सञ्चालमा अप्रिय हल्ला फैलिएका छन् ।


ADVERTISEMENT

# # #


अस्पताल प्रशासनले देवकोटाको स्वास्थ्यमा सुधार हुँदै गएको र हल्ला गलत भएको जनाएको छ । विगत केही समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको ५ महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर गत बैशाखमा नेपाल ल्याइएको थियो । बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार नेपाल ल्याइएर उनको उपचार भइरहेको छ ।

यसका साथै देवकोटाको परिवारले प्रेस बिज्ञप्तीमार्फत उनको अवस्था सामान्य भएको तथा अस्पतालको आधिकारीक समाचार प्रप्त नभएसम्म कुनैपनि भ्रामक समाचारमा विस्वास नगर्न बिज्ञप्तीमार्फत जानकारी प्राप्त गराएका छन् ।