काठमाडौँ–सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सभामुख र उपसभामुखको सन्दर्भमा विवाद देखिएको छ ।


ADVERTISEMENT


एउटै दलको सभामुख र उपसभामुख हुन नहुने भन्दै काँग्रेसले आपत्ति जनाएको छ । काँग्रेसले सभामुख वा उपसभामुख मध्ये एउटा पद तत्काल छाड्न नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेको छ ।


ADVERTISEMENT

# # #


कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै एक पद तत्काल छोड्न माग गरेका छन् । उनले संवैधानिक व्यवस्था अनुसार एउटै दलबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन नपाउने तर्क गरेका छन् ।

तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख र तत्कालीन एमाले नेतृ डाक्टर शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी थिइन् । सत्तारुढ नेकपाले भने सभामुख र उपसभामुखले दलीय साधारण सदस्यता समेत त्याग गरेकाले पद छाड्न नपर्ने तर्क गरेको छ ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले निर्वाचनको क्रममा मात्र दलको विषय उठ्ने बताउँदै हाल उनीहरु साधारण सदस्य समेत नरहेका कारण संविधानको मर्म विपरित नहुने बताएका छन् । गुरुङको भनाईले नेकपा सभामुख वा उपसभामुख पद छाड्ने मनस्थितीमा देखिएको छैन ।