काठमाडौं–हामीले खाना खाने बित्तिकै पनि केहि खानेकुराहरू खाने गर्छौँ । तर केहि यस्ता खानेकुराहरू हुन्छन् जुन खाना खाने बित्तिकै खाँदा स्वास्थ्यलाइ हानी गर्छ ।


ADVERTISEMENT


१. चुरोट
सकभर त चुरोट नखानु नै राम्रो यसले स्वास्थ्यमा कुनै फाइदा गर्दैन । खाना खाने बित्तिकै चुरोट खाँदै नखानुहोस्। खाना खाने बित्तिकै चुरोट खाँदा १० वटा चुरोटले असर गर्ने बराबर एउटाले गर्छ । त्यसैले खाना खाएको १ घन्टा नहुँदै चुरोट नखानुहोस् ।


ADVERTISEMENT

# # #


२. नसुत्नुहोस्
खाना खाने बित्तिकै सुत्नाले एसिडिटीको समस्या हुन्छ । साथै पेट पनि लाग्छ त्यसैले कम्तीमा खाना खाएको आधा घन्टापछि मात्र बेडमा पल्टिनुहोस् ।

३. ननुहाउनुहोस्
खाना खाने बित्तिकै नुहाउनाले पनि डाइजेस्टमा समस्या हुन्छ । खाना खाने बित्तिकै मन तातो पानीले नुहाउदाँ झन समस्या बढ्छ । त्यसैले खाएको ३० मिनेट जती पछिमात्र नुहाउनुहोस् ।

४. चिया
खाना खाने बित्तिकै चिया नपिउनुहोस् । यसले गर्दा आलस्य, रक्तअल्पता, थकान निम्त्याउँछ । त्यसैले खाना खाने बित्तिकै चिया नपिउनुहोस् ।

५. फलफुल
खाना खानुभन्दा अगाडी फलफुल खानुहोस् तर खाना खाने बित्तिकै फलफुल नखानुहोस् ।

६. चिसो पानी
खाना खाने बित्तिकै चिसो पानी नखानुहोस् । यसले खानालाइ डाइजेस्ट हुन दिदैन् त्यसैले खाना खाने बित्तिकै मनतातो पानी खानुहोस् ।