चितवन–राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताएका छन् ।


ADVERTISEMENT


आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले फौजदारी अभियोग लागेका सांसदको संसद्मा मतदान हुँदा सांसदको संख्या गणना हुने तर मतदान गर्न नपाउने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले भने “जनताले चुनेको प्रतिनिधि, आफूले उन्मुक्ति लिएर कहीँ पाउँदैनन्, यो कुनै दुनियाँमा हुँदैन । नेपालमा यो पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत चुनिएका प्रतिनिधि अरुभन्दा माथि हुनै सक्दैनन् ।”

राष्ट्रियसभा नियमावली २०७४ आइतबार राष्ट्रियसभामा पेश हुँदैछ भने आइतबारै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनसम्बन्धी संयुक्त नियमावली पनि पेश हुँदैछ । रासस