काठमाडौं–३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको आरोपमा कारागारमा रहेका चुणामणि उप्रेती ‘गोरे’ एसएसपी श्याम खत्री, छिरिङ वांगेल घलेलगायतका केहीलाई छानविन समितिले काठमाडौं ल्याएर थप अनुसन्धान गर्ने भएको छ ।


ADVERTISEMENT


जिल्ला कारागार मोरङमा रहेका गोरे, एसएसपी खत्रीलगायतका केहीलाई छानविन समितिले काठमाडौं ल्याएर अनुसन्धान गर्न लागेको हो । सुन प्रकरणमा जरैसम्म पुग्नका लागि उनीहरूमाथि अनुसन्धान गर्न लागिएको छानविन समितिका एक सदस्यले बताए ।


ADVERTISEMENT

# # #


गोरेलाई पक्राउ गरिएको छानविन समितिले दाबी गरे पनि उनले आत्मसमर्पण गरेको परिवार स्रोतले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका गोरेलाई छानविन समितिले नियन्त्रण भएको ४८ घण्टापछि सार्वजनिक गरेको थियो ।

४८ घण्टा अनुसन्धान गर्दा समय अपुग भएको र उनीबाट सुन तस्करीमा संलग्न माथिल्लो तहसम्म पुग्नको लागि केही आधारहरू हामीले देखेका छौं’ ती सदस्यले भने,‘त्यसैले उनलाई काठमाडौं मै ल्याएर अनुसन्धान गर्न लागिएको हो’

उनीसँगै खत्रीलाई पनि काठमाडौंमा ल्याएर अनुसन्धान गरिनेछ । खत्रीले पनि अदालत आएर आत्मसमर्पण गरेका थिए । उनले आत्मसमर्पण गरे पनि प्रहरीले बयान लिन सकेको थिएन ।

उनीहरूलाई काठमाडौं ल्याउनका लागि जिल्ला कारागार मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला अदालत मोरङ र सरकारी वकिलहरूसँग छलफल गरिएको छानविन समिति जनाएको छ ।