काठमाडौं–समर्पण सांस्कृतिक समूह ललितपुुरले शुक्रबार (जेठ २५) लगनखेलको एम्स कलेजमा गृष्म काव्य पाठ शीर्षकमा विशेष साहित्यिक कार्यक्रम  गरेको छ । राष्ट्रगानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अग्रजसहित दुई दर्जनभन्दा बढी कविहरूले समसामयिक विषयका रचना सुनाएका थिए ।


ADVERTISEMENT


एम्स इन्टरनेसनल कलेजको सहकार्यमा भएको सो कार्यक्रममा, शैलेन्द्र साकार, मदन राई, सुनील पुरी, गोपाल नेपाल, कृष्णविलास पौडेल, डिल्लीप्रसाद मुलतिहुन, निराजन तिमल्सिना, डा एम्सन प्याकुरेल, जिचेन स्याङतान, ओमप्रसाद कोइराला, सुन्दर खड्का, सन्देश राई, तुलसी सुनार लगायतले रचना पाठ गरेका थिए भने गोपाल अधिकारीले गीत तथा गौराङ्ग न्यौपानेले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा क्याम्पसकी संचालिका सीता ढकालले स्वागत मन्तब्य राखेकी थिइन ।


ADVERTISEMENT

# # #


कार्यक्रम संस्थाका सचिव देवीप्रसाद न्यौपाने (दिपक)ले सहजीकरण गरेका थिए ।