बिर्तामोड–झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाको अध्यक्षमा जगत लुइँटेल चयन भएका छन् । संस्थाको शनिबार भएको प्रथम अधिवेशनले लुइँटेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षहरुमा वीरेन्द्र थापा, दुर्गेस सापकोटा, विनिता सापकोटा, सचिव डिल्ली हुमागाईं, सहसचिव तारा कटुवाल, कोषाध्यक्ष छवि खनाल र सहकोषाध्यक्षमा तिलरुपा दाहाल रहेका छन् ।


ADVERTISEMENT


त्यस्तै सदस्यहरुमा तुलसीप्रसाद निरौला, सुमन भट्टराई, कुमार राई, मञ्जु शिवाकोटी, कृष्णप्रसाद ताजपुरिया, विमल पौडेल, मदन थापा रहेका छन् । समिति चयन गर्नका लागि टेकनाथ अधिकारी अध्यक्ष र भरत शिवाकोटी र सुमन भट्टराई सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष टेकनाथ अधिकारीले नवगठित समितिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा समितिका पूर्व संयोजक भूपाल शिवाकोटी, संयोजक माइनसप्लस संग्रौला, वासुदेव चापागाईं लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । झापा समाज युएई नेपाली सम्पर्क समिति झापाका संयोजक माइनसप्लस संग्रौलाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेम सेढाईले स्वागत गरेका थिए ।

कार्यक्रममा एक्सेल बैंकका विभागीय प्रमुख शिवकुमार गिरी, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाल, डोरामारी माविका प्रधानाध्यापक केदारबहादुर भण्डारी, झापाली समाज युएई नेपाल सम्पर्क समितिका संस्थापक महासचिव टेकनाथ अधिकारी, केन्द्रीय सदस्य बासुदेव चापागाईं, झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाका पूर्व संयोजक भूपाल शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका संयोजक संग्रौलाले भावी कार्यक्रमसहितको प्रतिवेदन र सचिव वीरेन्द्र थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाका तदर्थ समिति, सल्लाहकार समिति, पूर्व समितिका पदाधिकारी लगायत ३९ जनालाई कदर पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा वैदेशिक रोजगारका सिलसिलामा युएईमा रहेर हाल झापामा बिरामी अवस्थामा रहेका झापा बुधबारेका श्याम राजवंशी र मेचीनगर धुलाबारीका सूर्य शिवाकोटीलाई जनही १० हजार रुपैयाँ राहत प्रदान गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर माइधारमा रहेका ज्येष्ठ नागरिक मध्ये ८९ वर्षीया भद्रकुमारी सापकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन भरत शिवाकोटी र वीरेन्द्र थापाले गरेका थिए ।

वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा झापाबाट युएई गएका झापालीहरुद्वारा सामाजिक कार्य गर्ने उद्देश्यले सन् २०१५ मा झापाली समाज युएई गठन गरिएको बताइएको छ । झापाली समाज युएई अन्तर्गत गठन गरिएको झापाली समाज युएई, नेपाल सम्पर्क समिति झापाले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।