काठमाडौँ– स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहेका छन् । आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले चार सय ३९ तथा नेकपा (एमाले)का प्रकाश अधिकारीले चार सय २८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए ।


ADVERTISEMENT


यसैगरी नेकपा (माओवादी केन्द्र) की कल्पना शर्माले एक सय १३ मत प्राप्त गरेकी छन। उनका अनुसार अहिलेसम्म एक हजार दुई सय २३ मत गणना भइसकेकामा ३९ मत बदर भएको छ । अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ ।


ADVERTISEMENT

# # #


उप्रमुखमा काँग्रेसकी रजनी थापाले तीन सय ६०, एमालेका ज्ञानमाया डङ्गोलले चार सय ४० मत र माओवादी केन्द्रका दीपक बानियाँले एक सय २० मत प्राप्त गरेका छन्। कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको बताइएको छ ।

उनका अनुसार अब छिट्टै वडा नं ३ को मतगणना गरिने छ । एघार वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् । प्रमुखमा १४ र उपप्रमुखमा नौ जनासहित दुई ६१ जनाले उम्मेदवारी दिएका छन् । यसअघि वडा नं २ र ६ मा दलित महिला सदस्यमा काँग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसकेकी छन् ।