काठमाडौं–आइतबार राजाधनी सहित ७७ ओटै जिल्ला सदरमुकाममा सरकारले गरेको मुल्य बृद्धि बिरुद्ध सिट्ठी जुलुस सहित प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


नेपाल सरकारले ईन्धनमा गरेको मुल्य बिरुद्ध र सो मुल्यबृद्धिको बिरोधमा नेबिसंघको सडक आन्दोलनमा प्रहरीले गरेको दमन बिरुद्ध आज हजारौ बिद्यार्थीहरु सडकमा उत्रिएका छन् । नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिको आवहाँनमा पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको बिरोधमा सिट्ठी जुलुस सहित भृकुटी मण्डपबाट बिरोध प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नैन सिंह महरले केपी ओलीको सरकारले १०० दिनमा ५ पटक सम्म ईन्धनको मुल्य बढाएर जनताको जीवन सँग खेलवाड गरेको बताएका छन् । ईन्धनको मुल्य बढ्दा सार्वजनिक यातायातको मात्र मुल्य बढेको छैन यस कार्यले ट्रकको समेत भाडा बढेकोले दैनिक जीवनमा उपभोग्य सामाग्रीको समेत मुल्य बढ्न गएको छ जसले निम्नमध्यम बर्गका जनता प्रत्यक्ष मारमा परेको बताए । यो मुल्य बृद्धि तत्काल फिर्ता नलिए नेबिसंघ अझ कडा आन्दोलन छेड्ने घोषणा समेत गरेका छन् ।

“त्यो आन्दोलनले केपी ओलिको नेत्रित्वको बर्तमान सरकारलाई जसरी पनि घुडा टेकाएर छोड्ने छौं” उनले भने ।

कार्यक्रममा बोल्दै नेबिसंघ महामन्त्री सरोज कुमार थापाले केपी ओली सरकारले चुनाव अगाडि आश्वासन दिएको तर चुनाव पछी नेकपाको सरकारले राष्ट्रियतालाई आफ्नो स्वार्थ संग साटेर जनतालाई भ्रममा राखेको बताए ।

त्यस्तै अर्का महामन्त्री आनन्दराज त्रिपाठीले सरकारले बिद्यार्थी माथि दमनको निती लिएको बताउदै राणा र राजाले जसरी प्रजातन्त्र पक्षधरमाथी दमन गर्दा कसरी पतन भएको स्मरण गर्दै यो सरकारको हालत नि त्यस्तै हुने चेतावनी दिए ।

बिरोध र्याली पछीको कोडसभामा बोल्दै नेबिसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले सरकारले तत्काल मूल्य बृद्धि फिर्ता नलिए सरकारले ठुलो मुल्य चुकाउनु पर्ने अवस्था आउने बताए । शनिबार भएको मसाल जुलुसमा संघतिक आक्रमण गरी बिद्यार्थी माथि आक्रमण गर्नेलाई नेबिसंघले कदापी माफि नदिने बताएका छन् । कार्यक्रममा सहमहामन्त्री प्रेम राज जोशी, साधाना घिमिरे लगाएतले मूल्य बृद्धि बिरुद्ध आफ्नो धारणा राखेका थिए ।

विश्वभासा क्याम्पस बाट सुरु भएको हजारौ बिद्यार्थीको सिट्ठी जुलुस पद्मोदय मोड, पुतलिसडक, बागबजार, कमलादी, त्रिचन्द्र कलेज, घण्टाघर, रत्नपार्क, पुरनो बसपार्क हुँदै भ्रीकुटी मण्डपमा आई कोडसभामा पारिणत भएको थियो । आजै बसेको नेबिसंघको आकास्मिक बैठकले तत्काल थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको नेबिसंघ प्रबक्ता प्रेमराज जोशीले बताएका छन् ।