धुलिखेल– काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ ।


ADVERTISEMENT


माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा(एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरेका छन्। सो वडामा सात सय १७ मत खसेको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गरेका छन् । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ ।