रुसमा तीन दिनपछि सुरु हुने फिफा विश्वकप २०१८ मा इङलिस प्रिमियर लिग (इपीएल) क्लबको दबदबा रहेको छ । इङल्याण्डको क्लबका लागि खेल्ने ३८ खेलाडी यस वर्ष फिफा विश्वकपमा आ-आफ्नो राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दैछन् ।


ADVERTISEMENT


यसपछि स्पेनिस लीगको स्थान आउँछ । जहाँबाट खेल्ने २९ खेलाडी आ आफ्नो देशका लागि खेल्नेछन् । यस्तै फ्रेन्च लिगबाट १२, इटालियन लिगबाट ११ र जर्मन लिगबाट ५ खेलाडी आफ्नो देशका लागि विश्वकप खेलेको देख्न पाइनेछ ।


ADVERTISEMENT

# # #


विश्वकपमा खेल्ने खेलाडीको आधारमा क्लबको रेङकिङ गर्दा सबैभन्दा पहिले म्यान चेस्टर सिटी आउँछ । यस पटकको विश्वकपमा म्यानचेस्टरका १५ खेलाडीले आफ्नो कला देखाउने छन् ।

यसपछि स्पेनिस क्लब रियल म्याड्रिटको स्थान आउँछ । जसका १५ जना खेलाडी विश्वकपको हिस्सा बनेका छन् । यसपछि स्पेनिस क्लब एफसी बार्सिलोना (१४), फ्रेन्चच क्लब पेरिस सेन्ट जर्मेन (१२), इटालियन क्लब युथ (११), ईपीएल क्लब चेल्सी (९), ईपीएल क्लब म्यानचेस्टर यूनाइटेड (७), ईपीएल क्लब टोटेनहम हट्सपर (६) र जर्मन लीग च्याम्पियन बायर्न म्यूनिक (५) को पालो आउँछ ।

ईपीएल क्लबको विश्वकपमा प्रतिनिधित्व सबैभन्दा बढी ३८ खेलाडीको छ । यस् खेलाडीहरु अर्जेन्टिना, बेल्जियम, ब्राजिल, इङल्याण्ड, फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, सर्बिया, स्वीडन, कोलम्बिया, डेनमार्क, दक्षिण कोरिया र नाइजीरियाका लागि खेलिरहेका छन् ।

म्यानचेस्टर सिटीको लागि खेल्ने १६ खेलाडी ८ देश का लागि खेलिरहेका छन्, जब कि रियल म्याड्रिडका लागि खेल्ने १५ खेलाडी पनि ८ फरक फकर राष्ट्रका हुन् ।

पेरिस सेन्ट जर्मेनको कुरा गर्नुपर्दा यसका लागि १२ खेलाडी ६ देशको प्रतिनिधित्व गरिरहेका छन् । जुभेन्टसको ११ खिलाड़ी १० देशबाट प्रतिनिधित्व गर्छन् ।

ईपीएल क्लका म्यानचेस्टर सिटी, म्याननचेस्टर यूनाइटेड, चेल्सी र टोटेनहम हट्सपरका सबै खेलाडीलाई जोड्ने हो भने यो ससङ्ख्या ३८ हुन्छ । यस कारण फिफा विश्वकपमा प्रतिनिधित्वको मामलामाइपीएल क्लबले स्पेन वा अन्य क्लबलाई धेरै पछाडी पारेको छ ।