आत्मविश्वासले भरिपूर्ण ब्राजीलको टिम छैटौँ पटक फुटबल विश्वकप जित्ने लक्ष्यका साथ आज रुस पुगेको छ ।
स्टार फुटबलर नेमार र उनको टिम भियानाबाट स्थानीय समय अनुसार विहान लगभग तीन बजे पुगेका हुन् ।


ADVERTISEMENT


विश्वकपको पूर्वसन्ध्यामा आफ्नो अन्तिम अभ्यास खेलमा आयोजक अष्ट्रियालाई ३–० गोलले हराएपछि ब्राजिलको टिम यहाँ पुगेको हो । अन्तिम अभ्यास खेलमा गोल गर्नेमा नेमार पनि थिए ।


ADVERTISEMENT

# # #


विश्वको सबैभन्दा महंगा खेलाडी नेमार मार्चको सुरुवातमा खुट्टाको अपरेसनपछि पहलो पटक शुरुआती एघार हिस्सा थिए । टिमका लागि बाँकी दुई गोल ग्याब्रिएल जीजस र फिलिप कोटिन्होले गरेका थिए  ।

अस्ट्रिया विश्वकपको लागि छनोट भएको छैन । ब्राजिलले आफ्नो पहिलो खेल १७ जूनमा स्विजरल्याण्डविरुद्ध खेल्नेछ । ब्राजिलको ग्रुप स्टेज (ई)मा मा अन्य दुई खेल कोस्टारिका र सर्बिया संग हुनेछ ।