काठमाडौँ– हप्ता असुली तथा गुण्डागर्दीमा संलग्न अशोक लामामाथि गोली प्रहार भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको युुएन पार्कमा उनलाई गोली प्रहार गरेको हो ।


ADVERTISEMENT


ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएको पत्ता लागेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो ।


ADVERTISEMENT

# # #


युएन पार्कमा लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि जाइ लागेपछि अपराध महाशाखाको टोलीले गोली हानेको महाशाखा प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । सिंहका अनुसार दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको सिंहले जानकारी दिए ।