डोल्पा– काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अङ्गत राना ९२० मत ल्याएर विजयी भएका छन्


ADVERTISEMENT


उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी भएका छन् भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी भएका छन् । ठूलीभेरी नगरपालिका– २ मा नेकपा (एमाले)का देवी रोकाया वडाध्यक्षमा विजयी भएका छन् ।

ठूलीभेरी नगरपालिकामा काँग्रेसको अग्रता

ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा (एमाले)ंका गणेश शाहीले १२६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा (माओवादी केन्द्र)का लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गरेका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा मतगणना सुरु भएको छ ।