भक्तपुर–महानगरिय प्रहरी परिसर भक्तपुरले लागूऔषध गाँजा र युवतीसहित खाजाघर संचालकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


सोमबार भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा रहेको गगनचुम्बी खाजा घरका संचालक मोरङ रतुवामाई नगरपालिका–५ (साविक गोविन्दपुर गाविस–४) का शंकर राउतलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


राउतको खाजा घरमा युवतीहरु राखी अनैतिक क्रियाकलाप हुन्छ भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा चार जना युवती समेत पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले रातोपाटीलाई जानकारी दियो ।

प्रहरी उक्त खाजाघरबाट विभिन्न ब्राण्डका कण्डमहरु, ४ युवती र २ सय १० ग्राम गाँजा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यसबारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुशिल पाण्डेले जानकारी दिए ।