नवलपरासी–नवलपरासीको बुङ्दीकाली गाउँपालिकको प्रमुखमा नेपाली काँग्रेसका दुर्गाबहादुर रानाले तीन हजार १९१ मत ल्याई विजयी भएका छन् । उपप्रमुखमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठले तीन हजार १७३ मत ल्याई विजयी बनेकी छन्।


ADVERTISEMENT


अध्यक्षमा रानाले एमालेका निकटतम प्रतिद्वन्द्वी श्यामसुन्दर श्रेष्ठलाई १५२ मतले पराजित गरेका हुन्। श्रेष्ठले तीन हजार ३९ मत प्राप्त गरेका थिए । उपप्रमुखमा काँग्रेसकै मायादेवी श्रेष्ठले एमालेका उम्मेदवार डिलकुमारी सारुलाई १६३ मत अन्तरले पराजित गरिन् । सारुले तीन हजार १० मत प्राप्त गरेकी थिइन्।


ADVERTISEMENT

# # #


यस गाउँपालिकाको वडा नं १, ३ र ४ मा काँग्रेसको समूहले जितेको छ भने वडा नं २, ५ र ६ एमालेले समूहले जितेको छ । बुङ्दीकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १७ स्थान नेपाली काँग्र्रेस र १५ स्थान नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।

गाउँपालिकको प्रमुखमा निर्वाचन जितेका राना हाल नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ का क्षेत्रीय सभापतिसमेत छन् ।