फुटबल जगतका महान खेलाडीमा परिचित लियोनेल मेसीले आफ्नो फुटबल करियरमा सबै ट्रफी उचालेका छन् । तर, उनी एउटा ट्रफीमा भने चुकेका छन् । त्यो हो आफ्नो देशका लागि फिफा विश्वकपको ट्रफी उचाल्न नसक्नु ।


ADVERTISEMENT


रुसमा आगामी १४ जुनमा सुरु हुने विश्वकपमा दुनियाभरका फुटबल प्रशंसकको आँखा मेस्सीमा हुनेछ । उनले अर्जेन्टिनाका लागि तेस्रो पटक प्रतिस्ठित टुर्नामेन्टको शीर्षक दिलाउन सफल होलान् त ? यो कुरा सबैको प्रतिक्षाको विषय बनेको छ ।


ADVERTISEMENT

# # #


विश्वकपमा अर्जेन्टिनाको गौरवशाली इतिहास रहेको छ । यस दक्षिण अमेरिकी देशले १६ पटक विश्वकपमा सहभागीता जनाएको छ । र दुई पटक उपाधी जित्न सफल भएको छ भने तीन पटक उसले फाइनलमा हार व्यहोरेको छ ।

२०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा अर्जेन्टिनाले मेसीको नेतृत्वमा शानदार प्रदर्शन गरेका थियो । तर १९९० मा पश्चिम जर्मनीसँग जस्तै अन्तिममा जर्मनीले एक गोल गरेपछि टोली तेस्रो पटक विश्वकप उपाधी उचाल्नबाट बञ्चित भएको थियो ।

अर्जेन्टिनाले घरेलु मैदानमा १९७८ मा डेनायल पासारीलाको नेतृत्वमा पहिलो पटक विश्वकप जितेको थियो । तर १९८६ को उपाधी अर्जेन्टिनी प्रशंसकका लागि सबैभन्दा यादगार बन्यो । किनकी १९८६ को विश्वकपमा डियगो म्याराडोनाको जादू देख्न पाइएको थियो । उनले आफ्नो कप्तानीमा अर्जेन्टिनाका लागि विश्वकपको दोस्रो ट्रफी उचाल्ने सपना पूरा गरेका थिए ।

म्याराडोनाको नेतृत्वमा अजेैन्टिनाले टूर्नामेन्टकै सबैभन्दा बलियो टिमलाई माथ दिएको थियो । अझ रोचक त इङल्याण्डविरुद्ध क्वार्टर फाइनलमा उनले गारेको गोल आजसम्म पनि यादगार छ ।

उक्त गोल समाचारको ब्यानर हेडलाइन बनेको थियो । किनकी बललाई हेड गर्ने प्रयासमा हातमा लागेर गोल भएको थियो । तर त्यो रेफ्रीले देखेनन् । आजपनि उक्त गोललाई ‘ईश्वरको हात’ भनेर सम्बोधन गरिन्छ ।

चार वर्षअघि नजिक पुगेरै पनि विश्वकपको उपाधी गुमाउनु तथा त्यसको दुई वर्षपछि कोपा अमेरिकाको उपाधी पनि चिलीलाई सुम्पिनु सायद मेसीका लागि दर्दनादक थियो । र त उनले अन्तराष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका थिए । तर करोडौँ दर्शकको दबाबले उनी त्यो निर्णयमा पुर्नविचार गर्न बाध्य भए ।

अर्जेन्टिना २०१४ को विश्व कप जित्नबाट एक कदम टाढा थियो । तर अहिले अर्जेन्टिनी खेलाडीको नेतृत्व गर्दै मेसी रसिया पुगेका छन् । सायद यसलाई मेसीले सही साबित गर्नेछन् ।

ग्रुप डी मा रहेको अर्जेन्टिनाले क्रोएशिया, आइसल्याण्ड र नाइजीरियाको सामना गर्नेछ । आफ्नो पहिलो भिडन्त उसले १६ जुनमा आइसल्याण्डसंग गर्नेछ ।

टीम अर्जेन्टिना :

गोलकीपर : विल्फ्रेडो काबालेरो, फ्रांको अमार्नी, नाहुएल गुजमान

डिफेन्डर : गेब्रिएल मासेर्डो, जेवियर माशेरानो, निकोल्स ओटामेन्डी, फेडरिको फाजियो, मार्कोस रोजो, निकोल्स टागलियाफिको, क्रिस्टियन एन्साल्डी, मार्कोस अकुना

मिड फील्डर : लुकास बिग्लिया, एडुआडरे साल्वियो, एवेर बानेगा, एन्गेल डी मारिया, एन्जो पेरेज, गियोवानी लो सेल्सो, मैक्सीमिलियानो मेजा

फरवार्ड : लियोनल मेसी, सर्जियो अगुएरो, गोन्जालो हिगेन र पाउलो डिबाला ।