कपिलवस्तु– अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय आजदेखि एक साताका लागि बन्द भएका छन् ।


ADVERTISEMENT


दिन प्रतिदिन बढ्दै गएको गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले एक हप्ताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


चालीस डिग्री भन्दाबढी तापक्रम हुन थालेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । गर्मीका कारण सदरमुकाम तौलिहवा र सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ ।