काठमाडौँ– सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच आज सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ ।


ADVERTISEMENT


शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ ।


ADVERTISEMENT

# # #


परराष्ट्र मन्त्रालयले आज अपराह्न एक विज्ञप्ति जारी गरेर कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम हुने विश्वास व्यक्त गरेको हो ।