एजेन्सी–उत्तर कोरियाले अबको साढे दुई वर्षभित्र परमाणु निश्शस्त्रीकरण गरेर देखाओस् भन्ने अमेरिकाले इच्छा व्यक्त गरेको छ ।


ADVERTISEMENT


दक्षिण कोरियाको यात्रामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियासँग ‘एक गहन सम्झौतामाथि काम हुन अझै बाँकी’ भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अत्यधिक मात्रामा निश्शस्त्रीकरण । हामीलाई आशा छ कि यो लक्ष्यलाई साढे दुई वर्षमा हाँसिल गर्न सकिनेछ ।’

अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको ऐतिहासिक भेटवार्ताको एक दिन पछि आएको हो ।

दुबै नेताले वान टु वान वार्ताको क्रममा ‘कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा परमाणु हतियारमुक्त गर्ने दिशामा अघि बढ्ने’ विषयमा सहमती गरेका छन् ।

तर उक्त सम्झौतामा उत्तर कोरियाले कहिले र कसरी आफ्नो हतियार छोड्ने भन्ने बारे स्पष्ट जानकारी उल्लेख छैन । यसै कारण सम्झौताको आलोचना भइरहेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको तर्फबाट अब परमाणु खतरा नभएको र ‘हरेक व्यक्तिले अब अत्यधिक सुरक्षित महसुस गर्नसक्ने’ बताएका छन् ।