मस्को– सन २०१८ विश्वकप रसियामा आज (बिहीबार)बाट सुरु हुँदै छ । खेलमा ३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् ।


ADVERTISEMENT


पहिलो धनी – स्विट्जरल्यान्ड
विश्वकपमा सहभागी देशमध्ये सबैभन्दा धनी राष्ट्र स्विट्जरल्यान्ड हो । जसको वार्षिक प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलर रहेको छ ।


ADVERTISEMENT

# # #


दोस्रो धनि – आइसल्यान्ड
आइसल्यान्ड स्विट्जरल्यान्डपछिको दोस्रो धनिमा पर्दछ। यहाँको वार्षिक प्रतिव्यक्ति आय ७० हजार तीन सय ३२ अमेरिकी डलर रहेको छ । यो जनसंख्याको हिसाबले भने सबैभन्दा सानो मुलुक हो ।

तेस्रो धनी– डेनमार्क
विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये तेस्रो धनी मुलुक हो, डेनमार्क । डेनमार्कका जनताको वार्षिक प्रतिव्यक्ति आय ५६ हजार चार सय ४४ लडर रहेको छ ।

सबैभन्दा गरिब मुलुक – सेनेगल
विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये सबैभन्दा गरिब मुलुक सेनेगल रहेको छ । जसको ताको प्रतिव्यक्ति आय एक हजार ३८ मात्रै छ ।