रामपुर– माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो ।


ADVERTISEMENT


नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि गाउँपालिकाले यस्ता कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । वडा नं २ रुप्सेले वडाभित्र रहेका २९ जना ज्येष्ठ नागरिकलाई एक/एक सेट कम्बल प्रदान गर्दै स्वास्थ्य परीक्षण गरेको हो ।


ADVERTISEMENT

# # #


सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्दै प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले पछिल्ला दिनमा परिवार तथा समाजबाट नै वृद्धवृद्धा अपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट भएकाले उनीहरुको सम्मानका लागि यस्ता कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिएको बताए ।

समाजमा रहेका वृद्ध आमाबा अपहेलित भएकाले यस्ता कार्यक्रमबाट अन्य व्यक्तिले सिक्नुपर्ने उपाध्यक्ष भट्टराईको भनाइ छ । रुप्से स्वास्थ्य चौकी प्रमुख रामप्रसाद अर्यालले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका हुन् । रासस