काठमाडौँ– काठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेस अग्र स्थानमा उक्लिएको छ । नेकपा एमालेका उम्मेद्वार विद्या सुन्दर शाक्यलाई १२७ मतले पछि पार्दै कांग्रेसका उम्मेद्वार राजुराज जोशी पहिलो स्थानमा उक्लिएका हुन् ।


ADVERTISEMENT


कांग्रेसका जोशी ५४७ मत ल्याएर अग्र स्थानमा छन् भने उनलाई पच्छ्याउदै गएका एमालेका उम्मेद्वार विद्या सुन्दर शाक्यको ४२० मत रहेको छ । यसैगरी साझा पार्टीका उम्मेद्वार किशोर थापाले विवेकशीलकी रञ्जु दर्शनालाई उछिनेर तेस्रो स्थानमा उक्लिएका छन् । किशोर थापाको मत २२० रहेको छ भने रञ्जु दर्शनाको २१५ मत रहेको छ ।


ADVERTISEMENT

# # #


नेकपा माओवादी केन्द्रका उम्मेद्वार सर्वोत्तम डंगोलको जम्मा ३१ मत मात्र रहेको छ भने नयाँ शक्ति नेपाल पार्टी तथा संघीय समाजवादी फोरमका संयुक्त उम्मेद्वार पवित्र बज्राचार्यको १८ मत रहेको छ ।

यसैगरी काठमाडौँ महानगरको उपमेयरमा सुरुवात देखि नै अग्रता कायम गरेकी नेपाली कांगे्रसकी हरिप्रभा खड्गीले २१५ मत ल्याएकी छन् । उनलाई पच्छ्याइरहेका राप्रपाका राजाराम श्रेष्ठले १७१ मत लएका छन् । तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले १४२ मत ल्याएकी छन् ।

मतगणना सुस्त गतिमा भएको भन्दै आम जनताले असन्तुष्टि व्यक्त गरेपछि अहिले तीन स्थानबाट गणना गर्ने कार्य भइरहेको छ ।