बागलुङ– ताराखोला गाउँपालिका–२ अर्गलमा आज अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नंको जीप दुर्घटना हुँदा ताराखोला –३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा वडा नंं ३ कै २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए ।
जीप कच्ची सडकबाट ४०० मिटर तल खसेको थियो ।