काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।


ADVERTISEMENT


नेविसंघ केन्द्रीय समितिले आज माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । संगठनले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ । यस अघि गत सोमबार पनि पुत्ला जलाएको नेविसंघको मागप्रति सरकार मौन बसेपछि बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।


ADVERTISEMENT

# # #


त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।