काठमाडौं–रक्सी राखेको आरोपमा एक चीनियाँ नागरिकलाई पटना पुलिसले आइतबार पक्राउ गरेको छ । पटना पुलिसले आइतबार गर्दनीबाग थाना क्षेत्रको अनिसाबाद इलाकाको एक नीजि अपार्टमेन्टमा चीनियाँ नागरिकको कोठाबाट रक्सीका बोतल बरामद गरेको हो ।


ADVERTISEMENT


पुलिस कारवाहीपश्चात् अपर पुलिस अधिक्षक अनिल कुमार सिंहले रक्सी पार्टी चलिरहेको भन्ने जानकारी पाएपछि छापा मारिएको बताए । ‘छापा मार्दा अपार्टमेन्टको दुईवटा कोठामा रक्सीका दुईवटा बोतल बरामद भएको जसमध्ये एकको प्रयोग पनि भएको छ,’ उनले भने ।


ADVERTISEMENT

# # #


पुलिसका अनुसार उक्त अपार्टमेन्टमा चीनियाँ मोबाइल कम्पनी ओप्पोका ९ विदेशी कर्मचारी बस्ने गर्दछन् । पक्राउ परेका चीनियाँ नागरिकलाई पटनाको गर्दनबाग थानामा राखिएको छ ।

पुलिसले पटकपटक सोधपुछ गर्दासमेत चीनियाँ नागरिकले आफ्नो नाम बताउन अस्विकार गरेका छन् । यद्यपी, समाचार एजेन्सी एएनआईका अनुसार उनको नाम वू चुआंगगयोंग हो ।

स्मरण रहोस्, बिहारमा सन् २०१६ देखि रक्सीमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । नयाँ कानून अनुसार कुनै प्रकारको रक्सीको सेवन, यसलाई आफूसँग राख्दा र खरिद बिक्री दण्डनीय अपराध हो ।

यतिमात्र होइन, कानूनका अनुसार कुनै घरमा रक्सी पाइँदा उक्त घर जफत गरिनेसम्मको प्रावधान छ ।

यद्यपी, यो कडा कानूनको विरोध र आलोचना पछि विहारका मुख्यमन्त्री नितिश कुमारले विहार सरकाले आउँदा दिनमा यसमा संशोधन गर्ने बताएका छन् ।