काठमाडौं– न्यायधीश अमृतकुमार बस्नेतविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । करिव ३ अर्ब रुपैयाँ ठगीको आरोप लागेका राम श्रेष्ठलाई अदालतबाटै उन्मुक्ति दिन खोजेको भन्दै बस्नेतविरुद्ध शुक्रबार उजुरी दर्ता भएको हो ।


ADVERTISEMENT


ठगीकोे अभियोग लागेका श्रेष्ठलाई आर्थिक चलखेलका आधारमा उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै छानविनका लागि न्यायधीश बस्नेतविरुद्ध शुक्रबार उजुरी दर्ता भएको हो ।


ADVERTISEMENT

# # #


मलेसिया जाने कामदारबाट पासपोर्ट संकलन र भिसा प्रोसेसिङका नाममा नेपाल भिएलएन मलेसिया र वन स्टप सेन्टुरका सञ्चालक श्रेष्ठविरुद्ध सरकारले २ अर्ब ८६ करोड १६ लाख रुपैयाँ विगो, जरिवाना र ५ बर्ष कैद माग गर्दै ठगी मुद्धा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बस्नेतको एकल ईजलासले श्रेष्ठलाई १० लाख धरौटीमा छाड्ने आदश दिएको थियो ।

श्रेष्ठको मुद्धामा न्यायधीश बस्नेतले जारी गरेको थुनछेक आदेशको व्यहोरा कानुन् र फौजदारी न्यायप्रणालीका मान्यताविपरीत रहेको उजुरीमा दावी गरिएको छ । न्यायधीशविरुद्ध बेनामे उजुरी दर्ता भएको न्याय परिषद् का सदस्य तथा कानुन् न्याय तथा ससंदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङको भनाई छ ।

तामाङका अनुसार परिषदको अवको बैठकमा नै त्यस विषयमा छलफल हुने र समिति बनाएरै सम्बन्धित न्यायपरिषद्उपर छानविन अगाडी बढ्ने बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भिएलएन, वन स्टप सेन्टर, जिएसजी माईग्राम्सलगायतका अवैध संस्थाले गैरकानुनी रुपमा कामदार ठगी गरिरहेको भन्दै कारवाही गर्ने टिप्पणी उठाएका थिए ।