काठमाडौँ– प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले नागरिक सम्मान तथा विशेष भत्ता वितरण अभियानको सुभारम्भ गरेका छन् ।


ADVERTISEMENT


वडा नं २३ का ज्येष्ठ नागरिकलाई रु. १२ हजार भत्ता वितरण गरी शुरु गरिएको अभियानमा ११० जना ज्येष्ठ नागरिकलाई विशेष भत्ता वितरण गरिएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य, कामपा वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, कामपा वडा नं २३ का सदस्यहरु, हनुमानढोकाका दरवार क्षेत्रका प्रमुख उद्वय पासाखल सहभागी रहेका थिए ।

प्रतिनिधि सभा सदस्य श्रेष्ठले भने,‘ज्येष्ठ नागरिक सम्मान भनेको इतिहास र राष्ट्रको सम्मान हो ।’ महानगरले आफ्नो घोषणा पुरा गरेकोमा आभार व्यक्त गर्दछु ।’