कपिलवस्तु– भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।


ADVERTISEMENT


तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।


ADVERTISEMENT

# # #


गाडीको ठक्करपछि उहाँको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।