भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिका वडा नं २ मा १७ मतको अन्तरले वडाध्यक्षसहितको प्यानल नेपाली काँग्रेसले जित हासिल गरेको छ ।


ADVERTISEMENT


वडा नं २ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी हुभएका हुन् । आचार्यले एक हजार ३८५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबि श्रेष्ठले एक हजार ३६८ मत ल्याएका थिए


ADVERTISEMENT

# # #


त्यसैगरी, महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवासकुमार कार्की काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् भने अर्का सदस्यमा एमालेका उम्मेदवार विश्वराज विष्ट विजयी भएका छन्।

त्यसैगरी, भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार राजकृष्ण गोराको प्यानल नै विजयी भएको छ । अध्यक्षमा गोराले एक हजार ६६६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाका ओमप्रकाश भुजुले एक हजार १४० मत ल्याएका थिए। त्यसैगरी, सदस्यहरुमा राजकुमार शिल्पकार, कृष्णगोपाल चौगुठी र सुनिता प्रजापति अवाल विजयी भए ।

भक्तपुर नगरपालिका–४ मा नेमकिपाका कुमार चवालसहितको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा चवालले दुई हजार ९८१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाका उम्मेदवार सुन्दर भेलेले ९८४ मत ल्याएका थिए । त्यसैगरी, सदस्यहरुमा पनि नेमकिपाकै कृष्णलक्ष्मी दुवाल, राजेन्द्र माक र पशुपति प्रजापति विजयी भएका छन् ।

भक्तपुर नगरपालिकाको नगर प्रमुखमा नेमकिपाका उम्मेदवार सुनिल प्रजापति, उपप्रमुखमा रजनी जोशी, मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँ र उपप्रमुखमा अञ्जना मधीकर्मी तथा सूर्यविनायक नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्की र उपप्रमुखमा एमालेकी उम्मेदवार जुना बस्नेतले अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिकामा पनि मतगणना जारी छ ।