काठमाडौं –  रसियामा जारी ‘विश्वकप २०१८’ मा साउथ कोरियालाई स्वीडेनले पराजित गरेको छ । स्वीडेनले साउथ कोरियालाई १, ० गोलले पारजित गरेको हो । स्वीडेन र साउथ कोरियाबीच नोझ्नी नोभ्गोरोड स्टेडियममा भएको यस खेलमा स्वीडेनले ६० औं मिनेटमा पाएको पेनाल्टीबाट गोल गर्न सफल भएको थियो ।


ADVERTISEMENT


साउथ कोरियाले गोल गर्न निकै तम्सिए पनि गोल गर्न असफल बन्यो । विश्वकपको पाँचौं दिनको यो पहिलो खेल हो । यो खेल नेपाली समय अनुसार ५ः ४५ बजेबाट सुरु भएको थियो ।


ADVERTISEMENT

# # #